
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित सेयर लिलाममा राखेको हो ।
कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर लिलाम बिक्रीमा राखेको छ । उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्था लगायत इच्छुक सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन अर्थात् सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।
बोलपत्र कात्तिक २६ गतेदेखि मंसिर ३ गतेभित्र पेश गर्नु पर्नेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयका साथै प्रभु बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, हेटौंडा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह