काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंकले बढेर २५९६.९९ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै यो सेसनमा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले बढेर ४५२.७१ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ४३ कम्पनीका ९७० कित्ता सेयर ५१ पटक खरिद बिक्री हुँदा ८ लाख २३ हजार ९८९ रुपैयाँको कारोबार भएको छ ।