वडाध्यक्ष हुन्छु भन्ने सपना नदेखेका मन्त्री छन् – केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूप्रति आलोचना गरेका छन्। उनले शुक्रबार शिक्षा तथा मानव स्रोत विभागको कार्यक्रममा टिप्पणी गर्दै वडाध्यक्ष नै बन्ने सपना नबोकेकाहरू मन्त्री बनेको बताए।

उनले भने ,’वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको छ । कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार।’

ओलीले सरकारले देशका लागि काम नगरेको आरोप लगाए । उनले देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे । ‘पाँच दिनमा भयो त करप्सन कन्ट्रोल ? दुई महिनामा कतिवटा पाँचदिन गए ?,’ उनले प्रधानमन्त्री कार्कीलाई सोधे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार