प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको उक्त सेसनमा नेप्से परिसूचक २.२७ अंकले बढेर २५९८.३९ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा १९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने आजको उक्त सेसनमा स्थिर रहेको छ । त्यस्तै प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४१ अंकले बढेर ४५१.९३ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ४० कम्पनीका ८ हजार ९३४ कित्ता सेयर ७६ पटक खरिद बिक्री हुँदा ५८ लाख ९१ हजार १२२ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार