
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियाली वनजङ्गल र ढुङ्गाले छापिएका घरहरू यहाँको मुख्य आकर्षण हो।
यो गाउँको प्राकृतिक सौन्दर्यतासँगै ऐतिहासिक महत्त्व पनि छ। सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङका अनुसार, नेपालका बाइसे चौबीसे राजाहरूको पालामा गाउँमाथि रहेको ’कोट’ (दरबार) बाट नै यसको नाम हेम्जाकोट रहन गएको हो। यहाँ जयकोट नामको अर्को टाकुरा पनि छ, जहाँ बलिपूजा गर्ने प्रचलन छ र बलि दिइएको प्रसाद महिलाले घरमा लैजान नहुने विश्वास गरिन्छ।
२०६२ सालदेखि घरबास (होमस्टे) सञ्चालन गरिएको यस गाउँमा हाल १२ वटा घरमा होमस्टे सञ्चालनमा छन्, जहाँ करिब ८० जना पाहुना अटाउने व्यवस्था छ। होमस्टे सञ्चालकहरूले पर्यटकका लागि खाजा, बेलुकाको खाना, बास र बिहानको नास्तासहित १,२०० रुपैयाँको प्याकेज निर्धारण गरेका छन्। यो गाउँ पोखराको सिमपानीबाट १८ किलोमिटरको दूरीमा छ र यहाँ गुरुङ समुदायको बाहुल्य छ। यो सामुदायिक होमस्टेलाई विसं २०७२ मा पर्यटन मन्त्रालयले उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित गरेको थियो।
हेम्जाकोट ’माछापुच्छ्रे मोडल ट्रेक’ मा पर्ने भएकाले पर्यटकीय मौसममा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ। गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार, शान्त परिवेश, गुरुङ मौलिक संस्कृति र हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको विशेषता हो। पछिल्लो समय यो क्षेत्र म्युजिक भिडियो तथा चलचित्र छायाङ्कनका लागि पनि रोजाइमा पर्न थालेको छ।













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए