काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन पनि सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको सेयर बजार आज पनि ५.८० अंकले घटेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५६०.२९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९० कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ अंकले घटेर ४४४.५६ विन्दुमा पुगेको हो ।
आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ । त्यस्तै ३ वटा उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि आज गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब ९० करोड कारोबार भएको बजारमा आज साढे ४ अर्बको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर ४० हजार ५९१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २३६ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।