
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन पनि सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको सेयर बजार आज पनि ५.८० अंकले घटेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५६०.२९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९० कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ अंकले घटेर ४४४.५६ विन्दुमा पुगेको हो ।
आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ । त्यस्तै ३ वटा उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि आज गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब ९० करोड कारोबार भएको बजारमा आज साढे ४ अर्बको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर ४० हजार ५९१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २३६ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया