
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।
भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यससँगै शपतथ कार्यक्रम पनि उक्त होटलमै राखिएको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित सात दलले ७४ जना सांसद जुटाएर सरकारमा दाबी गर्न लागेका बेला रातारात सबैभन्दा ठूलो एमाले यादवलाई मुख्यमन्त्री बनाएपछि भण्डारी विवादमा परेकी थिइन् ।
भण्डारीको उक्त निर्णयका कारण मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरूमा व्यापक तोडफोड भएको छ। यादवलाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध कांग्रेससहितका सात दलले सर्वोच्च अदालतमा रिट हाल्दैछन् । भण्डारी आइतबार राति उपचार गराउने भन्दै काठमाडौं हिँडेकी थिइन् । तर उनले बाटैको होटलमा उक्त हर्कत गरेपछि संघीयताकै बदनाम गरेको भन्दै चर्को आलोचना भइरहँदा अन्तरिम सरकारले उनलाई नै बर्खास्त गरिदिएको हो ।













समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन