
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार सामान्य सुधार आएको छ । मंगलबार सेयर बजार ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १०२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४४४.३७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।
परिसूचक बढे पनि कारोबार रकम भने साढे ३ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ५५ हजार ६३२ पटक खरिद बिक्री गर्दा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह