
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले पैसा धेरै हुँदा पनि समस्या हुने गरेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले पैसा प्रर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको बताए ।
‘सबै तिरबाट पुस गर्दा पनि गाह्रो छ । अहिले हामीसँग प्रर्याप्त पैसा छ । तर,लगानी हुन सकेको छैन, क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षृत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन । सबै क्षेत्र त्यस्तै शिथिल छ । कहिले पैसा नभएर समस्या कहिले पैसा धेरै भएर समस्या भयो,’ उनले भने । लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनले बताए । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ ।
‘विगतमा बैंक, बीमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गा लगायत क्षेत्रमा लगानी गरिन्थ्यो । तर, पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ । कित्ताकाट पनि बन्द गरेपछि रियलस्टेट सुस्त भयो । विद्यालयल, हस्पिटल लगायत सबै बन्द भयो । अब के मा लगानी गर्ने त ?,’ उनले भने, ‘निजी क्षेत्रलाई अनुमति दिनु पर्याे भन्ने लाइसेन्सका लागि मारामार हुन्छ । त्यसैले कन्फिडेन्स छैन ।’ उनका अनुसार २०५८/६० सालसम्म १ खर्ब रुपैयाँको बजेट थियो । तर, अहिले बजेटको आकार १८/१९ खर्ब पुग्दा पनि अवस्था परिवर्तन नभएको उनको भनाइ छ ।
साथै, पछिल्ला विभिन्न घटनाहरूले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण (ब्यालेन्ससिट) बिग्रिएको उनले बताए । बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था नदेखिएको समेत उनको भनाइ छ ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन