
नेपाल बौद्ध महासंघले शुक्रवार गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष ध्यानार्षणसहित ज्ञापनपत्र बुझाउँदै गुम्बा तथा विहारहरुमाथि हाल फैलाइएका अधारहिन आरोपहरुको सत्यता पुष्टि गर्न गृहमन्त्रालयलाई चुनौति दिएको छ । महासंघका अध्यक्ष नुर्बु थुन्डुप शेर्पा (गेसे थुप्तेन जिन्पा), निवर्तमान अध्यक्ष आचार्य नुर्बु शेर्पा लगायतको टोलीले धार्मिक सद्भाव बिथोल्ने किशिमका दुष्प्रचार रोक्न र यस्ता गतिविधिहरुमा संलग्नप्रति कानूनी कारबाही गर्न समेत गृहमन्त्री अर्याललाई ध्यानाकर्षण गराएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बौद्ध समुदायप्रति लक्षित गर्दैै केही व्यक्तिहरुले अभिव्यक्ति दिइरहेका छन् । गुम्बाभित्र हातहतियार लगायत राखिने गरेको राप्रपा नेता ज्ञानेन्द्र शाही, युवराज संग्रौला, भरत दाहाल लगायतले सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् ।
यसै विषयमा असन्तुष्टि जनाउँदै नेपाल बौद्ध महासंघले गृहमन्त्रीसमक्ष सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न माग राख्दै ३ बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले बौद्ध गुम्बाहरु र बौद्ध धर्मको बारेमा आफु जानकार रहेको बताउँदै धार्मिक सद्भाव खलबलिने गतिविधि कसैले पनि गर्न नहुने बताए । हरेकले आफ्नो धर्म संस्कृतिको अभ्यास गर्न पाउने अधिकार संविधानमै रहेको उल्लेख गर्दै उनले यस्ता अराजक गतिविधिहरु निरन्तर भए कानून अनुसार नै सरकारले दण्ड सजाय दिने गृहमन्त्री अर्यालले जिकिर गरे ।
यसअघि महासंघले नेपाल प्रहरीको साइबर व्यूरोमा समेत सामाजिक सञ्जालहरुमा भइरहेको गुम्बामाथिको आक्षेप लगाउनेहरुलाई कारबाहीको माग गर्दै जाहेरी दिइसकेको छ । बुधवार नै महासंघले नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघमा समेत बौद्ध धर्म, समुदाय र धार्मिक केन्द्रहरुमाथि भइरहेको प्रहारको समाचार र अन्तरवार्ता संप्रेशण गर्ने सञ्चारमाध्यमविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन निवेदन दिएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू