
काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले जनाएको छ ।
भक्तपुरबाट बिक्रीका लागि ल्याएको हरियो धनियाँमा अगानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ । यस्तै नवलपरासीबाट बिक्रीका लागि कालीमाटीमा ल्याएको काँक्रोमा ४६.५० प्रतिशत अगानोफस्फेट नामक विषादीको मात्रा भेटिएको छ ।
समितिले १५ वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा २ वटा नमुनामा विषादी पाइएको हो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल