
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । आजको खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने छ ।
खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ । विराटनगर किङ्ससँग हारेको पोखरा पहिलो जितको खोजीमा छ भने काठमाडौंविरुद्ध जित निकालेको सुदूरपश्चिम दोस्रो जित निकाल्ने रणनीतिमा छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता टोली हो भने पहिलो संस्करणमा पोखराले राम्रो प्रदर्शन गर्न सकेन ।
पोखराले दोस्रो संस्करणको पहिलो खेलमा एनपीएलकै सर्वाधिक उच्च २२१ रनको लक्ष्य पक्ष्याएकोमा ५३ रनको फराकिलो अन्तरले हार बेहोर्न पुग्यो । यता काठमाडौंसँगको पहिलो खेलमा हारको नजिक नजिक जस्तै पुगेको सुदूरपश्चिमले भने पुनरागमन गर्दै २९ रनले जित निकाल्न सफल भएको थियो। गत वर्ष सुदूरपश्चिमले पोखरा विरुद्ध ५ रनले जित हाँसिल गरेको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व