काठमान्डूको दोस्रो हार, विराटनगर ५ विकेटले विजयी 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमान्डू गोर्खाजले दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा काठमान्डू विराटनगर किङ्ससँग ५ विकेटले पराजि भएको हो ।

काठमान्डूले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि जज मुन्सेले ३६ रनको पारी खेले । त्यस्तै मार्टिन गुप्टिलले २५ रनको योगदान दिए । नरेन भट्टले २४ रनको पारी खेले । बाशिर अहमलदे १९ रनको पारी खेले भने लोकेश बमले १४ रनमा आउट भए । काठमान्डूका लागि साहब आलमले २ विकेट लिए भने करण केसी र गेरहार्ड इरास्मसले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । काठमाडौंका लागि आदिल आलमले अविजीत सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले । त्यस्तै सन्तोष यादबले २६ रनको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लायक रहेन् ।

विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए । विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार