
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमान्डू गोर्खाजले दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा काठमान्डू विराटनगर किङ्ससँग ५ विकेटले पराजि भएको हो ।
काठमान्डूले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि जज मुन्सेले ३६ रनको पारी खेले । त्यस्तै मार्टिन गुप्टिलले २५ रनको योगदान दिए । नरेन भट्टले २४ रनको पारी खेले । बाशिर अहमलदे १९ रनको पारी खेले भने लोकेश बमले १४ रनमा आउट भए । काठमान्डूका लागि साहब आलमले २ विकेट लिए भने करण केसी र गेरहार्ड इरास्मसले १–१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । काठमाडौंका लागि आदिल आलमले अविजीत सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले । त्यस्तै सन्तोष यादबले २६ रनको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लायक रहेन् ।
विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए । विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू