पाँच दिनको वृद्धि पछि सेयर बजारमा उच्च गिरावट, ७ अर्बको कारोबार 

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा अघिल्लो कारोबार भन्दा ०.९९ प्रतिशतले गिरावट आएको हो । आज सेयर बजार २७०० नजिक पुगेर फर्किएको हो । आजको कारोबार जारी रहँदा नेप्से परिसूचक १२ बजेको समयमा २६९४.९ विन्दुमा पुगेको थियो । त्यस पछि भने बजार घटेर अन्तिममा २६ अंकले घटेर बन्द भएको हो ।

आज सेयर बजारमा २११ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.६७ अंकले घटेर ४५६.९८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको दिन ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४२ कम्पनीका १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर ८४ हजार १५६ पटक खरिद बिक्री हुँदा ७ अर्ब ८ कारोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजार उच्च अंकले घट्दा पनि ५ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार