काठमाडौं । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् । आइतबार राति ९ बजे बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्बेवारी दिने निर्णय गरेको हो ।
कबैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि लम्सालले कामूू सीईओको जिम्बेवारी पाएका हुन् ।
