
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेलेसुपर मादीको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो भने माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात सुपर मादीको सेयरमूल्य ७२२ रुपैयाँ ८६ पैसा र माउन्टेन इनर्जीको ५७७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा सुपर मादीको सेयर प्रतिकित्ता ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने माउन्टेन इनर्जीको प्रतिकित्ता ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह