प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से 

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबारको प्रिओन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७० अंकले बढेर २६४७.४१ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै २८ कम्पनीको सेयर मूल्य भने घटेको हो । आजको उक्त सेसनमा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेर ४५४.१६ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ६४ कम्पनीका १५ हजार ५३ कित्ता सेयर १२९ पटक खरिद बिक्री हुँदा १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार