
काठमाडौं । यो साताभर सुनको मूल्य १८०० रुपैयाँले बढेको छ । गत मंसिर १२ गतेदेखि १९ गतेसम्म आइपुग्दा प्रतितोला सुनको मूल्य १८०० रुपैयाँले बढेको हो ।
गत मंसिर १२ गते शुक्रबार २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको प्रतितोला सुनको मूल्य आइतबार आइपुग्दा बढेर २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भयो । अघिल्लो दिनको तुलनामा १६०० रुपैयाँ सुनको मूल्य बढ्न पुग्यो । त्यस्तै, मंसिर १५ गते सोमबार सुनको मूल्य पुनः बढ्यो । उक्त दिन १४०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भयो ।
त्यस्तै, मंसिर १६ गते मंगलबार भने सुनको मूल्य ३ सय रुपैयाँले घट्न पुग्यो । त्यसदिन सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ प्रतितोलामा कारोबार भयो । त्यस्तै, मंसिर १७ बुधबार गते पुनः सुनको मूल्य ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भयो । मंसिर १८ गते विहीबारका दिन भने सुनको मूल्यमा गिरावट आयो । त्यसदिन ८०० रुपैयाँले मूल्य घटेर प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भयो ।
र, हप्ताको अन्तिम दिन मंसिर १९ गते शुक्रबार पनि सुनको मूल्य पुनः घट्यो । उक्त दिन ९०० रुपैयाँले सुनको मूल्य घटेर प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा