
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार पनि सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको सेयर बजार आज पनि ३.०२ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६०६.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४७ कम्पनीको कारोबार घटेको छ भने ९९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स् पनि १.५० अंकले घटेर ४४६.७५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
परिसूचक सामान्य घटेको दिन सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३१ कम्पनीका १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँको कारोबार भएको छ ।
बजार राताम्य भए पनि आज ४ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह