
काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४४ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब ३८ करोड ४८ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव रू. १९ अर्ब १ करोडमध्ये करिव रू. ३ अर्ब १२ करोड २७ लाख र मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४८ करोडमध्ये करिव रू. १ अर्ब ९ करोड भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव रू. ५५ करोड ५५ लाख दाबी रकममध्ये करिव रू. ६ करोड ८१ लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. ६६ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिव रू. ४९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
बीमकहरूलाई करिव रू. २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना