प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसुचक ०.२३ अंकले घटेर कारोबार भएको हो ।

आजको प्रि ओपन सेसन पछि परिसूचक २६१३.८४ विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने २० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ४४६.६७ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ५७ कम्पनीका ६ हजार ७०७ कित्ता सेयर १६६ पटक खरिद बिक्री हुँदा ३४ लाख ९२ हजार ९८४ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार