
काठमाडौं । यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९० प्रतिशत अर्थात २३.८० अंक घटेर २६०७.३७ विन्दुमा झरेको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने ४ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ४.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.९५ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २३.७४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.३३ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ४० अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ ।
१३ उपसमूहमध्ये यस साता २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३९ प्रतिशत बढेको छ । गत साता ८०५६.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता १९२.८७ अंक बढेर ८२४९.१२ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।
यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ । गत साता २३४५.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६०.०८ अंक घटेर २२८५.८७ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७२.१२ अंक घटेको छ । गत साता १० हजार ९७४.६४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १.५७ पप्रतिशत घटेर १० हजार ८०२.५२ विन्दुमा झरेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल