
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब पहिलो वर्गमा पेट्रोलको मूल्य लिटरमा १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै नयाँ समायोजन भएको मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा १४८ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी
नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, कुनका इकाइधनीले कति पाउँछन प्रतिफल ?
असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड–२ निष्काशनमा आउने
सोनापुर मिनरल्सको भण्डै २ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै
बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, झण्डा आधा झुकाइने
झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने
काठमाडौं पुग्न थाले भोजपुरका ‘खसीबोका’
महिलाको सक्रियतामा तरकारी खेती
भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग
मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा