एनपीएल क्रिकेटको उपाधि भिडन्त, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

सुदूरपश्चिमले आजको खेलका लागि २ परिवर्तन गरेको छ । मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा आएका छन् भने मिलन बोहराको ठाउँमा दीपक बोहरा आएका छन् । लुम्बिनीले पनि आजको खेलमा एक परिवर्तन गरेको छ । जेजे स्मिथको स्थानमा श्रीलंकन मोभिन शुभसिंहा आएका छन् । उनी पहिलो खेल खेल्दै छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार