काठमाडौं । भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । यससँगै सबैभन्दा लामो ढाँचामा उनको भविष्यको बारेमा गरिएको अनुमान अन्त्य भएको हो ।
उनले ६७ टेस्टमा ४०.५७ को औसतमा १२ शतक र १८ अर्धशतकको मद्दतले ४३० रन बनाएका छन् । रोहितको सन्याससँगै भारतले इङ्ल्यान्डविरुद्धको सिरिजमा नयाँ टेस्ट कप्तान पाउने भएको छ । उक्त सिरिजका लागि भारतले जसप्रीत बुमराह, केएल राहुल, शुभमन गिल र ऋषभ पन्तमध्ये एक जनालाई कम्पतान नियुक्त गर्न सक्ने अनुमान गरिएको छ ।