
संखुवासभा । संखुवासभामा आगामी कात्तिक १४ देखि २० सम्म ‘संखुवासभा गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मंगलबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिइएको हो।
‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ एड्भान्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो। खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
२०५० सालमा स्थापना भएको एडभान्स क्लबले बर्सेनि दशैं र तिहारको बीचमा २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको र त्यसको निरन्तरता स्वरुप अहिले संखुवासभा जिल्लामा नै हालसम्मको ठूलो प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए। उनले पूर्वी पहाडी जिल्लामै महत्वपूर्ण प्रतियोगिताका रूपमा पहिचान बनाएको उक्त प्रतियोगितालाई यस वर्ष थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउँदै ‘संखुवासभा गोल्ड कप’ नामकरण गरिएको बताए।
उक्त प्रतियोगितामा संखुवासभाका चार ए डिभिजन क्लब, राष्ट्रिय ए डिभिजन क्लब तथा छिमेकी जिल्लाका ए डिभिजन क्लब गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि पुरस्कारतर्फ मात्रै कुल आठ लाख ८७ हजार रुपैयाँ खर्च हुने आयोजकको जनाएका छन्। प्रतियोगितामा कुल ५५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ भने ६२ लाख रुपैया आम्दानी गर्ने लक्ष्य राखेको क्लबको भनाइ छ।












समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित
भेस्पार र अप्रिलियाले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै “द सेभिङ एक्स्ट्राभागान्जा” नामक विशेष योजना सार्वजनिक