प्रि ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से 

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.०७ अंकले बढेर २६२९.७७ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ कम्पनीको सेयर मूल्य बढेको छ । यो सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.३४ अंकले बढेर ४५२.२१ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ५५ कम्पनीका ९ हजार २३५ कित्ता सेयर ९१ पटक खदिर बिक्री हुँदा ८० लाख ५१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार