
काठमाडौं । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा २०८२ साल साउन २८ गते काठमाडौंको नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्ष बीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् ।
वि.स. २०६५ सालमा स्थापना भएको माउन्ट एभरेष्ट डिष्टिलरीे लिमिटेलले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इ.एन.ए. स्पिरिट, डिस्टिलर्स वेट ग्रेन सोल्युबल उत्पादन गर्दै आइरहेको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा रहेको छ भने कारखाना टिकुलीगढ, तिलोत्तमा–१४, रुपन्देहीमा रहेको छ ।
यस कम्पनीको स्पिरिट उत्पादन क्षमता प्रतिदिन १० किलोलीटर र बोटल बन्द गर्ने क्षमता प्रतिदिन ३ हजार केस रहेको छ । कम्पनीले हाल 70UP र 50UP अन्तर्गतका आफ्नै ब्रान्डहरु उत्पादन तथा बजारमा बिक्री गरिरहेको छ, जसले क्षेत्रिय बजारमा मजबुत बिक्री प्रदर्शन र ब्रान्ड पहिचान बनाएको छ । कम्पनीले शिघ्रै प्रमियम द्द25UP, 30UP र 40UP अन्तर्गतका मदिरा ब्रान्डहरु बजारमा ल्याउने योजना रहेको छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द