
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बारे छानबीन गर्नका लागि समिति गठन गरेको छ । अर्थमन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निस्काशनसँग सम्बन्धित काम–कारबाहीबारे निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि बोर्डले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बोर्डको मंसिर ४ गतेको निर्णयअनुसार बोर्ड सदस्य बिनोद कुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिमा बोर्ड सदस्यहरू आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन् । समितिलाई आवश्यक परेमा अन्य व्यक्तिलाई समेत आमन्त्रण गरी छानबिन प्रक्रिया अघि बढाउन सक्ने अधिकार दिइएको छ । समितिले बुक बिल्डिङ प्रक्रियाबाट सेयर निस्काशन गर्दा अपनाइएका प्रक्रिया, कानुनी व्यवस्था तथा सम्भावित त्रुटिहरूको अध्ययन गरी तोकिएको समयसीमाभित्र प्रतिवेदन पेश गर्नेछ ।











समाचार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय