
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले यहि पुस २१ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते अनुमति पाएको थियो । जसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो । आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ (साविक घनपोखरा गाविसको वडा नं. १, ५, ६, ७ र ८ र साविक खुदी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ । त्यस्तै बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाको वडा नं. १, ४, ५, ६, ७, ८ र ९ (साविक घनपोखरा गाविसको वडा नं. २, ३, ४ र ९, साविक ताघ्रिङ गाविसको वडा नं. १ देखि ९, साविक घेर्मु गाविसको वडा नं. १ देखि ९, सावकि बाहुनडाँडा गाविसको वडा नं. १ देखि ९, साविक भुलभुले गाविसको वडा नं. १ देखि ९ र साविक सिम्पानी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ ।
आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र बढीमा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले पुस २२ गतेदेखि माघ ६ गतेसम्म र वैदेशिक रोजगारेले पुस २२ गतेदेखि पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन्। तर यस अवधिमा मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने आवेदन अवधि लम्बिनेछ । आयोजना प्रभावितले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारेले धितोपत्र बोर्डबाट अनुमति पाएका सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यायलयबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने