
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी भगवान् शिवको विशाल मूर्ति निर्माणमा जुटेका छन् । स्थानीय शिव गौरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले ३३ फिट अग्लो शिवको मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो ।
मूर्ति निर्माण समितिका सचिव जनक साउदले स्वदेश तथा विदेशमा रहेका स्थानीय बासिन्दाबाट चन्दा सहयोग जुटाएर काम भइरहेको बताए । मूर्तिकारसँग रु दुई लाखमा ठेक्का सम्झौता गरी सुरु भएको काम हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए । मूर्तिकार प्रेम टमटाले मूर्ति निर्माणको काम धमाधम भइरहेको बताए । अबको एक महिनाभित्रै मूर्तिको सम्पूर्ण काम सक्ने योजना रहेको जानकारी दिए ।
समितिका अध्यक्ष खडकबहादुर साउदले मूर्तिको कुल लागत करिब रु पाँच लाख पुग्ने अनुमान गरिएको र सोहीअनुसार सहयोगका लागि आह्वान गरिएको बताए । निर्माण समितिले रु पाँच हजारभन्दा बढी चन्दा दिने दाताहरूको नाम शिलालेखमा लेख्ने निर्णयसमेत गरेको उनले सुनाए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम