
काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा मिथिला लघुवित्तको, छिमेक लघुवित्त ,डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यी लघुवित्तहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन भएको छ ।
मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा समायोजन हुँदा भाउ १३२५.९५ रुपैयाँ कायम भएको छ। सोमबार अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
यता, छिमेक लघुवित्त १२.५० प्रतिशतमा मूल्य समायोजन हुँदा भाउ ९२८.८० रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ८०० रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ८८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यसैगरी ,सपोर्ट लघुवित्तको ९.५० प्रतिशतमा बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ १७२२.३७ रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै