पर्यटन क्षेत्रमा लगानी बढ्यो, ५ महिनमा साढे २ खर्ब भन्दा बढी कर्जा प्रवाह

काठमाडौं ।  पर्यटन क्षेत्रमा कर्जा प्रवाह बढेको छ । मंसिरसममा बैंक तथा वित्त संस्थाहरुले २ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यंक अनुसार  गत आवको सोही अबधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो ।

अर्थिक वर्ष २०८२\८३  मंसिरसममा बैंक तथा वित्त संस्थाहरुले २ खर्ब ६२ अर्ब ७९ करोड ७० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा गरेको छ । यो रकम गत आवको तुलनामा २१ अर्ब ६८ करोड ८० लाख रुपैयाँले बढी हो । गत आवमा २ खर्ब ४१ अर्ब १० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले चालु आवमा २ खर्ब २४ अर्ब ७३करोड ५० लाख उकत कर्जा गरेको छ। गत आवको तुलनामा यो रकम ८.१८ प्रतिशतले अर्थात १७ अर्ब १० लाख रुपैयाँले बढी हो । गत गत आवको सोही अबधिको तुलनामा वाणिज्य बैंकहरुले २ खर्ब ७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवहा गरेको थियो ।

यता, विकास बैंकको उकत कर्जा गत आवको तुलनामा १७.६९ प्रतिशतले बढेको छ । बैंकहरुले चालु आवमा ३३ अर्ब ४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवमा बैंकहरुले २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी वित्त संस्थाको पर्यटन क्षेत्रको  कर्जा ५ अर्ब २९ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो रकम गत आवको तुलनामा ५.५६ प्रतिशत अर्थात २७ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । गत आवमा संस्थाहरुले ५ अर्ब १ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार