
काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया/प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्ने भएकी छिन् । प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ ।
एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् । मलेसियाबाटै शिभाली अस्ट्रेलिया जाने कार्यक्रम रहेको छ । शिभालीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामी, टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतको उपस्थिति रहेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह