
काठमाडौं । नेपाल प्रिमियर लिगको क्रिकेट उत्साहलाई एस्ट्रीम इनर्जी ड्रिङ्क्सले महोत्सवको रुपमा मनाउने उद्देश्यले नेपाल प्रिमियर लिगको सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्स विचको फाइनल खेल यहि मंसिर २७ गते शनिवार धनगढीको जी.एन.जी मार्गस्थित पार्क मोड तथा बुटवलको ट्राफिक चोकमा एल.ई.डी. स्क्रिन मार्फत निःशुल्क प्रसारण गर्ने भएको छ ।
दर्शक तथा खेलप्रेमीहरूलाई आफ्नै प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई सामूहिक रूपमा समर्थन गर्न, हौसला थप्न तथा खेललाई स्थानीय उत्सवको रूपमा मनाउन प्रोत्साहन मिलोस भन्ने उद्देश्यले एस्ट्रीम इनर्जी ड्रिङ्क्सले फाइनल खेल प्रसारणको प्रवन्ध गरेको हो । फाइनल खेलको महत्वपूर्ण क्षण खेल समर्थक हरुलाई नजिकबाट अनुभूति होस भन्ने उद्देश्यले दुवै स्थानमा उत्कृष्ट प्राविधिक व्यवस्था सहित एल.ई.डी.स्क्रिन मार्फत प्रत्यक्ष प्रसारणको तयारि गरेकोले आफ्नो प्रदेश र मनपर्ने टिमको समर्थनलाई महोत्सवको रुपमा भव्य बनाउन सहयोग गर्ने विश्वास एस्ट्रीम इनर्जी ड्रिङ्सले व्यक्त गरेको छ ।
एस्ट्रीम इनर्जी ड्रिङ्सले सबै खेलप्रेमी परिवार तथा युवाहरूलाई आफ्नो मनपर्ने टोलीलाई ऊर्जा, उत्साह र एकताको भावनासहित समर्थनको लाई उपस्थित हुन आग्रह गरेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व