राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि एक वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ प्रणालीमार्फत बोलकबोल हुनेछ ।

जारी गरिने ऋणपत्रमा लगानी गरिएको रकमको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र सोही आधारमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ऋणपत्रको बोलकबोल ब्याजदरमा हुने छ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

नेपाल राष्ट्र बैंकले आज फेरि एक वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ प्रणालीमार्फत बोलकबोल हुनेछ ।

जारी गरिने ऋणपत्रमा लगानी गरिएको रकमको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र सोही आधारमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ऋणपत्रको बोलकबोल ब्याजदरमा हुने छ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार