
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार हुँदा नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा पुगेको हो ।
आजको सेयर बजारमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ कम्पनीको बढेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले बढेर ४५१.०७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकम ५ अर्ब माथिको भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ७९ हजार ७०२ पटक खरिद बिक्री हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
तेलको मूल्य घट्ने ट्रम्पको दाबी
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प