
काठमाडौं । नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको अग्रणी सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सव (Silver Jubilee) को अवसरमा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई–फाई जडान गरेको छ । नीलसागर सेवाश्रम एक वृद्धाश्रम तथा अनाथाश्रम हो ।
जहाँ हाल २५० भन्दा बढी वृद्ध बुबाआमा तथा बालबालिकाहरूले आश्रय पाएका छन् । तीमध्ये ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्ध बुबा आमाहरू यहाँ माया, सहारा र आत्मीयताको प्रतीक्षामा छन् । सुबिसुले प्रदान गरेको यो निःशुल्क वाई–फाई केवल इन्टरनेटको कनेक्सन मात्र नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो । यसले सूचना, शिक्षा, मनोरञ्जन र आत्मीय सम्पर्कको अवसर प्रदान गर्दै उनीहरूको दैनिक जीवनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
सुबिसुको यो सीएसआर यात्रा नीलसागर सेवाश्रममा मात्र सीमित छैन । २५ औँ वर्षको अवसरमा कम्पनीले देशका विभिन्न स्थानहरूमा सेवा तथा राहत वितरण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । यसै वर्ष कम्पनीले बंशी राम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रम, कलैयामा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । जसमा गरुडाका २३ जना र कलैयाका १७ जना बालबालिकाहरूलाई सहयोग पुर्याउँदै उनीहरूको अनुहारमा मुस्कान ल्याउने सानो प्रयास गरिएको छ ।
यसका साथै, सुबिसुले २५ वर्षको अवसरमा धादिङ जिल्लाको बाहिरा विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरी शिक्षा र प्रविधिलाई जोड्ने पहल समेत गरेको छ । कम्पनीका अनुसार इन्टरनेट केवल सेवा मात्र नभई अवसर पनि हो । यही मान्यता अनुरूप डिजिटल पहुँचमार्फत समाजको समग्र विकासमा योगदान पुर्याउने दीर्घकालीन प्रतिबद्धता समेत सुबिसुले व्यक्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउदले भने, “सुबिसुले आफ्नो २५ वर्षको यात्रामा केवल प्रविधि विस्तार मात्र होइन, समाजप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउँदै आएको छ । हाम्रो लक्ष्य मानिस र सम्बन्धलाई जोड्नु हो । यस्ता सीएसआर पहलहरू हाम्रो मूल मूल्य र प्रतिबद्धताको प्रतिबिम्ब हुन् ।”
२५ वर्षदेखि इन्टरनेट र टेलिभिजन सेवामार्फत नेपाललाई जोड्दै आएको सुबिसुले आगामी दिनहरूमा पनि समाजप्रति उत्तरदायी रहँदै, डिजिटल पहुँच, शिक्षा र समावेशी विकासका लागि यस्ता पहलहरूलाई निरन्तर रूपमा अगाडि बढाउने जनाएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व