
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडले माघ १४ गते आ–आफ्नो वार्षिक साधारणसभा बोलाएका छन् । एक आपसमा मर्जरलाई अन्तिम रूप दिनका लागि यी दुई कम्पनीले आ आफ्नो साधारणसभा बोलाएका हुन् ।
समृद्धि फाइनान्सको २४ औँ वार्षिक साधारणसभा हेटौंडास्थित होटल एभोकाडो ‘अर्किड रिसोर्ट’मा बिहान ११ बजेदेखि र पोखरा फाइनान्सको २८ औँ र २९ औँ वार्षिक साधारणसभा पोखरास्थित दरबारथोक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ । समृद्धि फाइनान्सले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालकको नियुक्ति अनुमोदनको प्रस्ताव पारित गर्नेछ ।
पोखरा फाइनान्सले गत दुई आवका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र सर्वसाधारण समूहबाट सञ्चालक समितिमा मनोनीत सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ । त्यसैगरी दुवै कम्पनी आपसमा १ः१ को सेयर अनुपातमा मर्जरको प्रस्ताव पारित गर्ने, मर्जरपछि सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिई पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने, मर्जरपछि गठन हुने सञ्चालक समितिमा संस्थाबाट सञ्चालकको प्रतिनिधित्व गर्ने सञ्चालकको नाम पारित गर्ने र थप आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेका छन् ।
साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले पुस ३० गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गर्ने निर्णय गरेका छन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह