
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।
कम्पनीले पुस ९ देखि १४ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ६८ हजार ९६७ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री अवधिभर ७० हजार ४५७ जनाले आवेदन दिएकोमा ७० हजार ४४५ जनाको आवेदन स्वीकृत भएका थिए भने बाँकी ७ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।
बाँडफाँडमा ६ हजार ८९६ जनाले १०÷१० कित्ताका दरले सेयर हात पारेका छन् भने सोहीमध्येबाट १० जनाले थप १÷१ कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी ३८ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह