
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक सााधारण सभा २०८२/०९/२५ गते शुक्रवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडाैं सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०\८१ तथा आर्थिक बर्ष २०८१\८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०\८१ तथा आर्थिक बर्ष २०८१\८२ ल्ँच्क् बमोजिम को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।
उक्त साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक बर्ष २०८१\८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु.५,०३१,२३२,०००(अक्षरुपी : पाँच अर्ब तिन करोड बाह्र लाख बतीस हजार मात्र) को ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश(बोनस शेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो ।
उक्त साधारण सभामा संचालक किरण के.सीज्यूबाट धन्यवाद ज्ञापन गरिएको थियो । उक्त सभा कम्पनी सचिव बिनोद शर्मा पौडेलले संचालन गरेका थिए ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु