
काठमाडौं । काठमाडौँको बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा बूढानीलकण्ठभित्र रहेका विभिन्न होटल तथा रैथाने खाद्यान्नसम्बन्धी सङ्घसंस्थाको सहकार्यमा बूढानीलकण्ठ मन्दिर अगाडिको सडकमा खाना महोत्सव गरिएको हो ।
उक्त महोत्सवको आज शुभारम्भ गर्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय मौलिक खानाका परिकारको प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय परम्परागत रैथाने खानालाई मानिसले मन पराउन थालेकाले यसबाट रैथाने खानाको प्रवर्द्धन हुने उनले विश्वास व्यक्त गरे ।
नगरप्रमुख अधिकारीले खाना महोत्सवमा उपत्यकाभित्रका सबै नगरपालिकाका जनप्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक खाना, बूढानीलकण्ठभित्र सञ्चालित होटल, होमस्टे तथा खाना व्यवसायीको ६० वटा कक्ष रहेका छन् ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो