
काठमाडौं । प्रभु बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो सेयर स्वामित्व बढाएको छ । ०.५ प्रतिशतभन्दा धेरै सेयर हुने सेयरधनीको संख्या १२ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १२ सेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै सेयर रहेको देखिएको हो।
बैंकमा एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ५.६३ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस अवधिमा कम्पनीले आफ्नो स्वमित्व ४.९९ प्रतिशतबाट बढाएर ५.६३ प्रतिशत पुर्याएको हो । त्यस्तै बैंकमा गौरव अग्रवालको २.७१ प्रतिशत, कर्मचारी संचय कोषको २.५३ प्रतिशत, प्रभु ग्रुपको ०.९९ प्रतिशत, मिजास भट्टचनको ०.८० प्रतिशत, तथा सुदिप आचार्यको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै ज्ञानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचन र स्वरूप गुरुङको समान ०.५७ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
बैंकमा शिवम सिमेन्टको ०.५१ प्रतिशत तथा सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत स्वामित्व रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ०.६ प्रतिशत सेयर स्वामित्व रहेकी अम्बिका शर्मा लामिछाने भने हाल ठूला सेयरधनीको सूचीबाट बाहिरिएकी छिन् ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह