नारायणकाजीले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका अनुसार उनले आज राजीनामा दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ । श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए । उनले २०७४ गोरखामा चुनाव लडेका थिए । त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते ।

६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी २० फागुनमा सकिंदै थियो । एक महिना अगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार