
काठमाडौं । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइसकेको जनाएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत), सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि छुट्याइनेछ ।
सम्झौताअनुसार ज्योति क्यापिटलले हिमालयन बुलियनको आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायहरूसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्यहरू सम्हाल्नेछ । कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । हिमालयन बुलियन कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ महानगरपालिका–१ मा रहेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह