काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.२५ अंक बढेर २६७८.८१ विन्दुमा पुगेको हो ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३३ अंक बढेको छ । मंगलबार प्रि ओपन सेसनमा ८६ स्टकको २५२ पटकको कारोबारमा १५ करोड ६७ लाख १६ हजार ७९४ रुपैयाँ ६० पैसाबराबरको २ लाख ५५ हजार ९८२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५५ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ । बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।