
काठमाडौं। फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
जुनियर ब्वाइजको समूह ‘ए’ मा न्युटन, ज्ञानभूमि र गोल्डेनपिक तथा समूह ‘बी’ मा ज्ञान संस्कार, एन्जल्स हार्ट र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) रहेका छन् । जेबी स्कुल, ग्रिनल्यान्ड र भक्ती समूह ‘सी’ तथा फेरिल्यान्ड, बीएमसीए र हिमशिला समूह ‘डी’ मा छन् । सिनियर गल्र्सको समूह ‘ए’ फेरिल्यान्ड ‘ए’, सेन्ट जोसेफ र भ्याली पब्लिक तथा समूह ‘बी’ मा न्युटन, बीएनए र मन्जरी रहेका छन् । लोयल्टी एकेडेमी, भक्ती र जेबी स्कुल समूह ‘सी’ तथा फेरिल्यान्ड ‘बी’, एनसीसीएस र हिमशिला समूह ‘डी’ मा छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने फेरिल्यान्डका निर्देशक विनोद अधिकारीले बताए । जुनियर ब्वाइजमा किङडम हिमालयन र जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ डिफेन्डिङ च्याम्पियन हुन् । फेरिल्यान्डका बास्केटबल प्रशिक्षक नारायण खवासका अनुसार किङडम हिमालयन यसपटक सहभागी छैन । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कपनस्थित आयोजककै कोर्टमा खेलाइने छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर