काठमाडौं । सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो शुक्रबार पनि उच्च मूल्यको रेकर्ड बनाएको सुनताँदीले आज पनि उक्त रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको हो ।
आज सुन तोलाको २ हजार ४०० रुपैयाँ र चाँदी २९० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामो ३ लाख १ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ रहेको थियो ।