क्रेष्ट माइक्रो लाइफले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएको छ । बोर्डले कम्पनीलाई २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको लागि स्वीकृति दिएको हो ।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २२ लाख ५० हजार कित्ता बराबरको २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

क्रेस्ट माइक्रो लाइफको प्रधान कार्यालय कर्णाली प्रदेशको सुर्खेतमा रहेको छ । त्यस्तै कम्पनीको दर्ता कार्यालय ललितपुरको सानेपामा रहेको छ । यसले नेपालको दुर्गम क्षेत्रहरूमा समेत बीमा सेवा पु¥याउँदै आएको छ । २३ शाखा र १ हजार भन्दा बढी एजेन्टहरूको सञ्जाल विस्तार गर्दै कम्पनीले आफ्नो सेवा ग्रामीण समुदायसम्म पु¥याउन सफल भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार