काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढीले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६६ अंकले बढेर २७१६.२७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य आजको उक्त सेसनमा स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.०१ अंकले बढेर ४६५.४३ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा २३ करोड माथिको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ७१ कम्पनीका ४ लाख ३० हजार ६३ कित्ता सेयर १८० पटक खरिद बिक्री हुँदा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।